इन्द्रेणी अनलाइन

ads

Friday, October 16, 2015

दाङको बखरियामा भएको पेट्रोल खानीको उत्खनन् गर्न स्थानीयको माग

This Article Was Live On: Friday, October 16, 2015 At 7:15 AM And Till Now HaveNo comments. ads

देविराम कुसारी, दाङ असोज २०/ भारतको अघोषित नाका बन्दीका कारण देशमा दैनिक उपभोग्य वस्तुदेखि पोट्रोलियम पदार्थको चरम अभाव भएको बेला दाङको फूलबारी गाविस ६ बखरीयामा रहेको पेट्रोल खानीको पुनः उत्खनन् गरिनुपर्र्ने दाङबासीले सरकारसँंग माग गरेका छन् ।

बखरीया गाउँको पूर्व टोलमा रहेको पेट्रोल खानीलाई फेरि उत्खनन् गरी देशलाई आत्मनिर्भर बनाउनुपर्ने यतिबेला दाङमा दवावमुखी आवाज उठ्न थालेको हो । खानी तथा भुगर्व विभागले २०२८ सालमा उत्खनन् गर्दा सो स्थानमा ९५ प्रतिशत पेट्रोलको खानी भएको प्रमाणित भएका कारण पनि फेरि उत्खनन् गरिनुपर्ने बखरिया पोट्रोल खानीका जानकार हरिभक्त भण्डारीको माग रहेको छ । खानी उत्खनन् गर्दा विशेष भुमिका निर्वाह गरेका भण्डारीले खानीबाट पेट्रोलको ग्यास आएको बताउनुभयो ।
  
 ग्यास खानीको अनुसन्धानका क्रममा उरहरीको क्वाङ खोलादेखि सुकौराको पूर्वी कुवासम्म ग्यास खानीको सम्भावना भएको पत्ता लागेको थियो ।

त्यसैगरी पेट्रोलमा पाइने तत्व पनि आएको र खानीबाट निस्कने पानीले जमिन र हरियो घाँस जल्ने गरेको दाङ खबरलाई जानकारी दिनुभयो । जानकार भण्डारीका अनुसार खानी खन्ने क्रममा सो क्षेत्रको नजिकामा ग्यास खानी भएको पनि पत्ता लागेको थियो । ग्यास खानीको अनुसन्धानका क्रममा उरहरीको क्वाङ खोलादेखि सुकौराको पूर्वी कुवासम्म ग्यास खानीको सम्भावना भएको पत्ता लागेको थियो ।

    आँगनमै रहेको पेट्रोल खानीलाई उत्खनन् नगर्दा आफूहरु जस्तै स्थानीयलगायत देशलाई घाटा भैरहेको १५ वर्षसम्म खानीको गोदाम प्रमुख भएर काम गरेका फूलबारी ६ बखरियाका ७८ वर्षिय भुपाल बस्नेतले बताउनु भयो । ‘के गर्नु मेरो आँगनमा तेलको खानी छ जोत्ने टेक्टरमा तेल नभएर बारी बाँझै छ’ , खानीको गोदाम घरलाई हेर्दै बस्नेतले दुखेसो पोख्नुभयो । बस्नेतले पनि बखरियामा पेट्रोल खानी भएको बताउनुभयो ।

सुकौरा गाउँको पुर्वमा पर्ने विद्यलय नजिककोे जरुवाको पानीलाई जापानी इञ्जिनियरले परिक्षण गर्दा पानीेमा आगो लागेको  आफ्नै आँखाले देखेको भुपाल बस्नेतले जानकारी दिनुभयो । त्यस ग्याँस परिक्षणले पनि सो क्षेत्रमा ग्याँस र बखरियामा पेट्रोल खानी भएको आफूलाई इञ्जिनियरले बताएको बस्नेतले बताउनुभयो । आफू लगातार खानीमा काम गरेको र त्यस बेलाका उत्खनन् मेसीनका प्रमुख श्यामकृष्ण खड्काले आफूलाई तिमी त भाग्यमानी रैछौ आँगनमै पेट्रोल आउने भयो भनेकोे आजै जस्तो लागेको बस्नेतले बताउनुभयो । यसरी सम्भावना भएको खानीलार्ई फेरि उत्खनन् गरिनुपर्ने बस्नेतको पनि माग रहेको छ ।

सुकौरा गाउँको पुर्वमा पर्ने विद्यलय नजिककोे जरुवाको पानीलाई जापानी इञ्जिनियरले परिक्षण गर्दा पानीेमा आगो लागेको  आफ्नै आँखाले देखे
    दाङ जिल्लामा अन्य खानीको पनि सम्भावना रहेको र बखरियामा पट्रोलको खानी भएको भुगोल विषयका सह–प्रध्यापक देवनारायण चौधरीले हामीसंँग भन्नुभयो । ‘दाङमा थुप्रै खानी मध्य बखरीयामा रहेको पेट्रोलको गुणस्तर राम्रो हुने सम्भावना छ ।’ सहप्रध्यापक चौधरीले भन्नुभयो । पेट्रोलकोे मात्रा कति छ भन्ने बारेमा थाहा नभए पनि भुगोलको हिसावले बखरिया जस्तो समथर र बसेको गहिरो स्थानमा रहेको खानीको गुणस्तर राम्रो हुने उहाँले बताउनुभयो ।

    दाङमा कोइला खानी चालु रहेको, सिमेन्टका लागि चुन ढुङ्गा भएको, तामा र सुन खानीको पनि सम्भावना भएका कारण सबै खानी भएको स्थान नजिकै पेट्रोल खानी हुने सम्भावना भएका कारण पनि बखरियामा पेट्रोल खानी भएको र यसलाई पुनः उत्खनन् गर्नुपर्ने उहाँको पनि माग रहेको छ । जमिनको सतह कम उचाइको हुने स्थानको भित्री भागमा पनि गहिरो हुने र सो गहिरो ठाउँमा पृथिवीको चापका कारण उत्पन्न हुने मिथेन ग्यास र अन्य गयासको भण्डार हुने भएका कारण पनि त्यो सम्भावना बखरीयामा रहेको चौधरीले बताउनुभयो । ‘देशले भोगेको समस्या समाधानका लागि खानीको उत्खनन् गर्नुपर्छ ।’ सह प्रध्यापक चौधरीले भन्नुभयो, ‘देश संघीयतामा गएको छ अब झन् आफ्नो राज्यको प्रकृतीक श्रोतको अवस्था थाहा पाउन आवश्यक छ ।

दाङमा कोइला खानी चालु रहेको, सिमेन्टका लागि चुन ढुङ्गा भएको, तामा र सुन खानीको पनि सम्भावना भएका कारण सबै खानी भएको स्थान नजिकै पेट्रोल खानी हुने सम्भावना भएका कारण पनि बखरियामा पेट्रोल खानी भएको र यसलाई पुनः उत्खनन् गर्नुपर्ने उहाँको पनि माग रहेको छ ।

    पेट्रोल खानीका जानकार, खानीका कर्मचारी र भुगोलका सह प्रध्यापकहरुले बखरियामा खानीको सम्भावना भएको बताएबाट खानीको उत्खनन् गरिनुपर्ने आवाज थप बलियो र प्रमाणिक भएको छ । खानीको उत्खनन् गरिनुपर्ने भन्दै सरकारले विशेष कार्यक्रम लागु गर्नुपर्ने बखरियाका विनोद पाण्डेको भनाइ छ । आफ्नै रोटी खान नजान्ने अर्काको कलो हेरेर बस्ने नेपाल सरकारको प्रवत्ती अन्त्य हुनलाई खानीको उत्खनन् गरिनुपर्ने उहाँको माग रहेको छ । खानीका विषयमा आफूलाई पनि केही जानकारी भएको बताउने नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मीले पनि खानीको पुनः उत्खनन् हुनुपर्ने बताउनुभयो ।

भारतले रोक्यो खानीको काम, बखरीया खानीको नालिवेली
२०२७ सालमा हो बखरियाका भुपाल बस्नेत भैंसी ग्वाला जानुभएको थियो । शितलपुरमा भैंसी ग्वाला गएको बेला तत्कालिन उरहरी गाउँ पञ्चायतका प्रधान ईश्वरीप्रसाद उपाध्यायले बस्नेतलाई पेट्रोल खानी उत्खनन्का लागि जग्गा दिन आग्र गर्नुभयो । प्रधानको आग्रहलाई सजिलै स्वीकार गरी जग्गा दिने सहमती पत्रमा भुपाल बस्नेत  र उहाँका बुबा नरबहादुर बस्नेतले सहीछाप गरिदिनुभयो । त्यसको लगतै जापनीज इञ्जिनियर सहित  खानी तथा भुगर्व विभागको टोली बखरियामा आयो । बखरिया झिमिली भई एक खालको बजारकै रुपमा परिणत भयो ।

    टोली आएको छोटो समयमै थुप्रै अस्थायी भौतिक संरचना तयार भए भने स्थायी संरचना पनि तयार भए । बखरियामा हाल जीर्न अवस्थामा रहेको भवन पनि सोही समयमा निर्माण भएको गोदाम घर हो । यसरी संरचना तयार र कामदार छनोट भएपछि खानी खन्ने काम सुरु गरियो । सुरुमा दुम्ना भन्ने स्थानमा खने पनि त्यहाँ समस्या भएपछि बन्तरीमा खन्न सुरु गरियो । करिव १५ सय फिट गहिरो खनिएपछि खानी भएको ९५ प्रतिशत प्रमाणित भयो । यसरी खानी भएको सम्भावना बढेपछि बखरियामा खानी तथा भुगर्व विभागका कर्मचारी बसी खानीको गोदाका लागि स्थानीय भुपाल बस्नेतलाई भर्ना पनि गरियो ।

    यसरी खानीको सम्भावनालाई तत्कालिन समयमा राजकिय चासो पनि दिइयो । खानी बारेमा बुझ्न तत्कालिन राजा स्वर्गीय विरेन्द्र पनि बखरियाको बन्तरिमा आएका थिए । उनले बखरियामा खानी भएको भन्दै स्थानीयलाई बधाई पनि दिएका थिए । यसरी बखरियामा खानी सफल हुने कुराले बखरिया बासी खुसी भए तर स्थानीयको खुसीलाई त्यतिबेला पनि भारतले लुट्यो । खानी भएको करिव पक्का भए पछि भारतले पटक–पटक नेपाललाई पत्राचार गर्दै त्यस ठाउँबाट पेट्रोल निकालिए आफ्नो उत्तर प्रदेशलाई असर पर्ने भन्दै काम रोक्न भन्यो । खानीका जानकार भण्डारीका अनुसार खानी काम पुरा हुने डरले भारत सरकारले केही खेल खेलको हुनसक्ने शंका रहेको छ ।

    भारत सरकारले पटक–पटक खानीको काम रोक्नलाई पत्राचार गर्नु, त्यही समयमा खानीको मेसिनमा पेट्रोल सकिनु, ठिक त्यतिनै बेला दाङ र बाँकेमा समेत पेट्रोल नपाइनु, भारतले रुपैडिहाबाट पेट्रोल ल्याउन नदिनु, सोही समयमा खानी खन्ने जिम्मा लिएको कम्पनीले मेसिनको  ड्रिल फस्यो भन्नुले त्यस बेला पनि भारतले अघोषीत तरिकाले खानीको काम रोकेको खानी जानकारको बुझाई रहेको छ ।
 यसरी खानीको काम रोकिने सम्भावना देखेपछि खानी तथा भुगर्व विभागका विभागीय प्रमुख दिनेश भट्टराईले दुखेसो पोखेका थिए । समस्या समाधान हुने आशमा खानीका सामग्री १५ वर्षसम्म बखरियाको गोदाममा थन्किए । तर, समस्या समाधान नभएपछि २०४२÷०४३ मा गोदाम खाली गरिएपछि खानीको काम पूर्ण रुपले रोकिएको थियो ।

तपाइलाइ मन पर्यो ? सेयर गर्नुहोस्...


थप सम्बन्धित समाचार


No comments :


Speak Your Mind:



Contact Form

Name

Email *

Message *