इन्द्रेणी अनलाइन

ads

Friday, October 16, 2015

दाङ देउखुरीका उद्योगहरुको अनुगमन

8:18 AM


देउखुरी / दाङ देउखुरीमा सञ्चालीत उद्योगहरुको अनुगमन गरिएको छ । घोराही, तुलसीपुर र देउखुरी उपत्यकामा सञ्चालीत चाउमिन, सस तथा दालमोट उद्योगको अनुगमन गरिएको हो ।
खाद्य प्रविधि तथा गुण नियनत्रण कार्यालय जिल्ला खाद्य निरिक्षण ईकाइ दाङले १२ वटा उद्योगको अनुगन गरेको छ । चाउमिन उद्योग दश वटा र दालमोट उद्योग दुई वटामा अनुगमन गरिएको छ । चाउमिन, सस एवम् दालमोट उद्योग वाट उत्पादीत सामाग्रीहरु गुणस्तरीय रहेको भएपनि केही उद्योगहरुले लेवल विनाका सामाग्रीहरु विक्रि वितरण गरेको पाइएको छ ।
उद्योगहरुलाई लेवल स्पष्ट पार्न निर्देशन दिइएको दाङ जिल्लाका खाद्य निरिक्षक नवराज श्रेष्ठले वताउनु भयो । अनुगमनमा ताजा चाउमनि तथा सस ब्यवसायी महासंघ नेपालका उपाध्यक्ष कृष्ण कुमार अधिकारी, जिल्ला सचिव केशवराज पोख्रेलको सहभागीता थियो ।
चाउमिनमा रङ्ग प्रयोग गरीदै आएकोमा अहीले त्यो पूर्ण रुपमा रोकीएको छ । चाउमिनमा लेवल राख्न थालीएको छ । उत्पादन मिति, उपभोग मिति, मुल्य सुचि सहीतको विवरण राख्न थालीएको चाउमिन ब्यवसायी संघका जिल्ला सचिव केशवराज पोख्रेलले वताउनु भयो । दाङ जिल्लामा अहीले सम्म २१ वटा उद्योग छन् । देउखुरीमा पाँच वटा चाउमिन उद्योग सञ्चालनमा छन् ।
Read More ...

बाइक गुडाउने तेल नहँदा डेटिङमा समस्या

8:13 AM
संविधान जारी भएको भोलिपल्टदेखि भारतीय पक्षले असन्तुष्टि जनाउँदै गरेको अघोषित नाकाबन्दीले गर्दा व्यापारी, यात्रु अनि उद्योग कलकारखानामा परेजस्तै असर आफूहरुलाई पनि परेको बताउँछन् युवा पिढी ।

विहान कलेज जाने, दिउँसो जागिरमा जाने अनि फुर्सदको समयमा डेटिङ जानका लागि बाइकमा तेल नहुँदा दैनिकीमा समेत फेरबदल हुन थालेको बताउँछन् घोराही नगरपालिका – १० निवासी युवा रविकिरण केसी । बैंङ्किङ क्षेत्रमा कार्यरत केसी घरदेखि अफिस आउजाउ गर्न, अफिसको लागि फिल्ड हिड्न निकै गाह्रो भएको पनि उनी बताउँछन । उनले थपे ‘अफिसको काम गर्न निकै अप्ठ्यारो परेको अवस्था छ, अझ यसो शनिबार मनमिल्नेसँग कतै जाऊँ भन्दा पैदल हिडनुपर्ने अवस्था छ ।’

भारतीय नाकाबन्दीले देशभक्तहरुलाई एकै ठाउँमा उभ्याए पनि दैनिक जीवन कष्टकर बन्दै गइरहेको भनाई छ मिलनचोक निवासी शशि थापाको । ‘नाकाबन्दीले राष्ट्रियता र आत्मनिर्भरताको विषयमा हामीलाई राम्रो पाठ सिकायो तर के गर्नु दशैंको आसपासमा डेटिङ जान नपाइने भयो जस्तो लागेको छ’ थापाले बताए । तर उनले यस्ता सानातिना समस्या पर्दैमा नेपाली भारतीय सामू झुक्न नहुने भन्छन् । उनले भने ‘बरु बाइकको ठाउँमा साइकल लगेर डेटिङ गइन्छ तर झुक्न दबाब दिइन्न ।’ विहान कलेज गएर दिउँसो डेटिङमा भेट्ने वाचा गर्नेहरुलाई पनि यो नाकाबन्दी र पेट्रोलको अभावले निकै समस्या पारेको युवाहरुको बुझाई छ । ‘विहान कलेज गएको बेला दिउँसो भेटौंला भनेर छुट्टिएको थिएँ तर बाइकमा हाल्ने तेल छैन, पैदल हिडेर घुमाउन लाज लाग्छ । नाकाबन्दीले हाम्रो भेटघाटमा पनि समस्या पारेको छ’ घोराहीका युवा शुलभ वैद्यले गुनासो पोखे । उनले पनि समस्यासँग जुध्न तयार रहेको जनाउ दिँदै भने, ‘यस्ता असजिला सहन्छौ, तर भारतसँग नझुक्न नेतृत्वलाई आग्रह गर्छौं ।’

उसो त नाकाबन्दीको सन्दर्भमा युवा पिढीमा देखिएको देशभक्तिको भावनाले नेता र आमजनतामा हौसला प्रदान गरेको देख्न सकिन्छ । सरकारलाई पेलेर पेट्रोलियम पदार्थमा सहजता ल्याउन आन्दोलन गर्न सकिँदैन भनेर भन्छन् घोराही – ११ उमेशमार्गका युवा व्यावसायी भरत पौडेल । ‘समस्या त यति परेको छ कि भनेर साध्य छैन तर पनि राष्ट्रियताको सवालमा हिम्मत लिइएको छ’ पौडेलले बताए । अविवाहित पौडेलले पनि पेट्रोलको समस्यासँगै डेटिङमा पनि समस्या परेको बताए । उनले भने ‘माया पिरतीमा पनि समस्या चै परेकै छ ।’ घोराहीकै युवा राज भण्डारी पनि पेट्रोलको अभावसँगै डेटिङमा समस्या भोगेको बताउँछन् । उनले भने ‘साथीहरु खाजासँगै खाऔं, एकैछिन भए पनि सँगै घुमौं भन्ने मानसिकता बोकेका हुन्छन्, तर आफू भने बाइक नहुँदै कतै निस्कनै मन लाग्दैन, साचिकै भन्नुपर्दा भेट्न नपाउँदा मन आत्तिएको पनि छ र उनले कुरा नबुझ्दा झगडा पनि परिरहेको छ ।’

Read More ...

आझेलमा पिपरीको शिव मन्दिर

8:07 AM
mandirसिसहनिया/ सिसहनियाँ–४ पिपरीको शिव मन्दिर संरक्षणको पर्खाइमा छ । मन्दिरको उचित संरक्षण नहुँदा अहिले मन्दिर जीर्ण अवस्थामा छ ।

आजभन्दा ७३ वर्ष पहिले अर्थात वि.सं. १९९९ मा निर्माण भएको शिव मन्दिरको संरक्षण हुन नसक्दा अहिले मन्दिरको भित्ता तथा गजुरमा घाँसपात उम्रिनुका साथै पिपल र सिसौको विरुवा समेत उम्रिएको छ । गाउँका स्थानीय रामप्रसाद चौधरीका कान्छा हजुरवुवा स्वः पटवारी जगतराम चौधरीले आफ्नै लगानीमा गाउँको बीच भागमा शिवको मन्दिर निर्माण गरेका थिए । सुरखी सिस्टमबाट बनेको मन्दिरको आफ्नै विशेषता छ । मनमा शान्ति र पाप नष्ट हुने जनविश्वास रही आएको मन्दिरभित्र शिवको मूर्ति सँगै पार्वती, गणेशको मूर्ति समेत छ ।

मन्दिर निर्माण पछि केही वर्षसम्म पटवारी परिवारले रेखदेख गरे तापनि पछिल्लो समययता पटवारी परिवार छुटिएर बसाई–सराई गरी अन्य ठाउँमा गएपछि मन्दिरको संरक्षणमा कसैले ध्यान नदिँदा अहिले मन्दिरमा झारपात उम्रेको र मन्दिर नै जीर्ण भएको स्थानीय रामप्रसाद चौधरीले बताए ।

मन्दिरमा नियमित माघीमा मेला लाग्ने गरेको छ तर मर्मत सम्भार भने हुन सकेको छैन । उता, गाविस तथा सम्बन्धित निकायले शिव मन्दिर सार्वजनिक जग्गामा नरहेकाले सहयोग गर्न नसकिएको जनाएको छ । तर गाउँलेहरुले भने धार्मिक क्षेत्रजस्तो क्षेत्रमा सहयोग हुनुपर्ने बताएका छन् । त्यसैगरेर सोही गाउँको सडक छेउमा रहेको राधाकृष्णा मन्दिर त्यसैगरी सिसहनियाँ–५ कालापानीस्थित खौराह मन्दिर पनि संरक्षणको अभावमा ओझेलमा परेका छन् । देउखुरी क्षेत्रमा धुप्रै धार्मिक तथा पर्यटकीय स्थलहरु भए पनि जिल्ला स्तरबाटै त्यसको पहल नहुनु दुखको कुरा भएको सिसहनियाँ ५ कालापानीका जयप्रकाश चौधरीले बताए ।

लमही र भालुवाङको केन्द्रविन्दुको रुपमा समेत चिनिने सिसहनियाँमा थुप्रै धार्मिक तथा पर्यटकीय स्थल हुँदा पनि अहिलेसम्म कुनै पनि क्षेत्र दाङ पर्यटन बोर्डमा नपरेको स्थानीयहरु बताउँछन् ।
Read More ...

पर्यटन वर्ष नजिकिदैँ – पर्यटन वर्ष सफल बनाउन सक्रियता बढ्यो

8:04 AM
दाङ ३ पुष, पर्यटन वर्ष सन् २०११ नजिकिदैँ गर्दा जिल्लामा सकि्रयता बढ्न थालेको छ । जिल्लाका विभिन्न स्थानमा पर्यटनसम्बन्धी कार्यक्रमहरु हुन थालेका छन् ।

पर्यटन वर्षलाई लक्षित गरी जिल्ला विकास समितिले झण्डै सवा करोडको योजना बनाएको छ । त्यस्तै १८ औँ जिल्ला परिषद्ले छुट्याएको ३२ लाख योजनाको बजेट पनि पर्यटन वर्ष सन् २०११ लक्षित गरी खर्च गरिएको जिल्ला विकास समितिले जनाएको छ । जिल्ला विकास समिति दाङले पर्यटन वर्षलाई लक्षित गरी जिल्लाका विभिन्न स्थानमा महोत्सव गर्ने कार्यलाई व्यापकता दिएको छ ।

जिविसले महोत्सवको तयारीका लागि स्थान र मिति तोकेको छ । पुष २९ देखि माघ १ गतेसम्म देउखुरी पर्यटन महोत्सव रिहारमाराप्ती पर्यटन महोत्सव फागुन ७ गतेदेखि १७ गतेसम्म घोराहीमा गर्ने पर्वतीय पर्यटन महोत्सव बोझपोखरामा गर्ने योजना बनाएको पर्यटन समितिका सदस्य सचिव डा। गोविन्द आचार्यले बताउनुभयो । उहाँका अनुसार महोत्सव सफल बनाउन रिहारमा मे_िक्सङ मछाइको संयोजकत्वमा घोराहीमा अमरबहादुर डागीको संयोजकत्वमा र बोझपोखरा स्यूजामा इश्वरीप्रसाद पाण्डेयको संयोजकत्वमा समिति तथा उपसमिति बनेका छन् ।

त्यस्तै डोलनाथ योगीको संयोजकत्वमा भगवन्तनाथ संरक्षण समिति श्रीगाउँ र तुलसीपुरमा पनि महोत्वस गर्ने तयारी सुरु भएको र आवश्यक गृहकार्य भइरहेको उहाँले जानकारी दिनुभयो । ुसमिति तथा उपसमितिले महोत्वसका लागि आवश्यक गृहकार्य गर्नेछन् आर्थिक संकलनलगायत अन्य काम पनि गर्नेछन् उहाँले भन्नुभयो ।
जिल्ला विकास समितिले दिएको जानकारीअनुसार पर्यटन वर्ष सन्् २०११ लाई सफल बनाउन दुईदर्जनबढी योजना बनेका छन् । सरकारले सन् २०११ लाई पर्यटन वर्ष मनाउने निर्णय गरेपछि जिल्लामा पर्यटनसम्बन्धी गतिविधि बढाउन योजना निर्माणलाई प्राथमिकता दिइएको हो । पर्यटन वर्षमा अनुसन्धानमूलक महोत्सव तथा प्रदशर्नी प्रचारप्रसार कार्यक्रम एवं निर्माण कार्यलाई प्राथमिकता दिने गरेको जिल्ला विकास समिति दाङले बताएको छ ।

यसवर्ष दाङमा पर्यटन वर्ष को लागि ९४ लाखको बजेट तोकिएको छ । हालसम्म पाँच लाखको बजेट आएको र थप बजेटका लागि अधिकांश सभासद् मन्त्रालय केन्द्रीय सचिवालयमा दाङको टोली डेलिगेसन गएको समितिका सदस्य सचिव डा। आचार्यले बताउनुभयो । उहाँका अनुसार आर्थिक संकलन गर्नका लागि दाङ उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रराज पन्त सदस्य सचिव रहेको अर्थ संकलन उपसमति निर्माण गरिएको छ । उपसमितिले विभिन्न संघसंस्था सरोकारवालाहरुबाट आर्थिक संकलन गर्ने छ ।

पर्यटन वर्ष सफल बनाउनका लागि सबै गाविसले २५÷२५ हजार दिनुपर्ने घोराही तथा तुलसीपुर दुवैै नगरपालिकाले १०÷१० हजार रकम दिनुपर्ने सहमति भएको आचार्यले बताउनुभयो । त्यस्तै विभिन्न १५÷१६ वटा गैरसरकारी संस्थाहरुले पार्टनरशिप तथा एक्लै पर्यटनसम्बन्धी गतिविधिहरु साचालन गर्न सक्ने बताइएको छ । ुलक्ष्यजती पैसा जम्मा हुनसक्छ पर्यटन वर्ष राम्रोसँग मनाउन सक्छौँु आचार्यले भन्नुभयो ।
जिल्ला विकास समिति दाङले दिएको जानकारी अनुसार दंगीशरण दरवार क्षेत्र सुकौरामा थारु संग्राहलय निर्माण पर्यटकीय सम्पदाको खोजी एवं अनुसन्धान पर्यटकीय सम्पदाहरुको प्रकाशन चमेरे गुफामा बाटो र पिकनिक स्पट निर्माण पुरन्धारा छहरा संरक्षण सिद्वगोरक्षरत्ननाथको जिर्णाेद्वार मन्दिर निर्मण गर्ने लक्ष्य लिएको छ । त्यस्तै स्यूजा बागेश्वरी मन्दिरमा बाटो निर्माण तथा क्षेत्र विकास मन्ठोर् याको जिर्णोद्वार मन्दिर निर्माण रामजानकी मन्दिर कोइलावास जीर्णेद्वार निर्माण तथा मर्मत छिल्लीकोटमा विद्युत विस्तार र क्षेत्र विकास पतखौली र ड्वाङपुरको ताल संरक्षण बाह्रकुने दहमा पिकनिक स्पट निर्माण र दह मौलाकोट केबुलकार संभाव्यता अध्ययन बागर रिहार क्षेत्रमा पिकनिक स्पट निर्माण गर्ने योजना रहेको जिल्ला विकास समिति दाङले जनाएको छ । त्यस्तै टुनापानी रानीवन क्षेत्र चक्रपथ निर्माण ऐरावती भालुवाङ राप्ती नदीमा र् याफ्याटिङ साचालन मजगाउँ नमूना थारु संग्राम ठाँठी निर्माण सिसहनियाँ नमूना थारुग्रामको व्यवस्थापन र कुवा निर्माण किचेनी दह संरक्षण भगवन्तनाथ मन्दिर संरक्षण तुलसीपुर नगरपालिकामा अमृतपुर विश्राम पार्क निर्माण बाघनाघ बाबा कुटीक्षेत्र विकास संरक्षण राप्ती शान्ति उद्यान तुलसीपुर निर्माण पाण्डवेश्वर मन्दिर पिकनिक स्पट निर्माण सुन्दरादेवी मन्दिर संरक्षण गडीछेरा किल्ला संरक्षण गर्ने योजना बनेको डा। गोविन्द आचार्यले बताउनुभयो । त्यस्तै जिल्ला विकास समितिको १८ औँ जिल्ला परिषद्ले संस्कृति तथा पर्यटनको विकासका लागि केन्द्रका विभिन्न मन्त्रालयहरुमा रकम माग गर्ने योजना पास गरेको छ । विभिन्न ताल पार्क निर्माण लगायत ११ वटा पर्यटनसम्बन्धी विकासका लागि करोडौँको योजना पर्यटन तथा नागरिक उड्यान मन्त्रालयमा माग गर्ने १० वटा मन्दिरको भौतिक निर्माणका लागि संघीय मामिला संविधानसभा संसदीय व्यवस्था तथा संस्कृति मन्त्रालयमा माग गर्ने भौतिक निर्माणका लागि आवास तथा भौतिक योजना मन्त्रालयमा माग गर्ने लगायतका माग गर्ने निर्णय परिषद्ले गरेको थियो । त्यस्तै स्वर्गद्वारी मन्दिरमा जाने पर्यटकका लागि घोराही६ मसिनामा धार्मिक एवं पर्यटकीय अतिथिगृह धर्मशाला निर्माण पूरा गर्न सम्बन्धित निकायसँग अनुरोध गर्ने निर्णय गरेको थियो । पर्यटनक्षेत्रको विकासका लागि छुट्टयाइएका योजनाहरु झण्डैै ९० प्रतिशत भौतिक निर्माणसँग जोडिएको बताइएको छ । यसैबीच जिल्ला विकास समितिले पर्यटन सम्भावित क्षेत्रको अध्ययनकालागि संस्कृतविद् डा। शिवकुमार सुवेदीको संयोजकत्वमा पर्यटन अध्ययन समिति बनेको थियो । सुवेदीको संयोजकत्वमा गठन भएको समितिको तीन टोलीले दाङको पश्चिम क्षेत्र घोराही क्षेत्र र देउखुरीक्षेत्रमा अध्ययन गरेको थियो । अध्ययन टोलीले तयार पारेको प्रतिवेदन जिल्ला विकास समितिमा एकहप्ताभित्र प्रस्तुत हुने छ र सम्पादनपश्चात जिविसले प्रकाशन गर्नेछ ।


सुकौरामा थारु संग्रहालय यसैगरी जिल्ला विकास समिति दाङले सुकौरामा थारु संग्राहालय निर्माण गर्ने भएको छ । संग्रहालय निर्माणका लागि १० लाख रकम संस्कृत मन्त्रालयबाट र १३ लाख रकम जिल्ला विकास समितिले खर्च गर्ने भएका छन् । संगहालय निर्माणका लागि जनक चौधरीको संयोजकत्वमा संग्रहालय निर्माण समिति पनि बनाइएको जिल्ला विकास समिति दाङले जनाएको छ । ुपर्यटन वर्षलाई लक्षित गरी यहाँको थारु संस्कृति झल्काउने उद्देश्यले संग्राहालय बनाउने योजनामा छौँ दुर्तगतीमा काम अगाडि बढीरहेको छ । भौतिक निर्माण र योजना निर्माणका काम भइरहेका छन्ु आचार्यले बन्नुभयो । सो क्षेत्रमा चारविगाहा जग्गा छ । केही दिनअघि मात्र संस्कृति मन्त्री डा। मिनेन्द्र रिजालले संग्रहालयको सिलान्यास गरिसक्नुभएको छ । संग्रहालयमा केके राख्ने भन्ने तयारी भइरको उहाँको भनाइ छ । त्यस्तैै पर्यटन वर्षलाई नै लक्षित कृषि मन्त्रालय र काठमाडौँको ताराताल गाविसको संयुक्त आयोजनामा सिसहनियाँमा नमूना थारु ग्राम निर्माण हुदैँछ । ुअसोजमा सम्भावित कार्य सकियो मंसिरको १५ देखि त्यहा माछापालन सुरु हुनेछु उहाँले भन्नुभयो ।
सूचना केन्द्र व्यवथित गर्न चासो
यसैबीच पर्यटन वर्ष सन् २०११ लाई लक्षित गरी पर्यटन सूचना केन्द्रलाई व्यवस्थित गरिने भएको छ । पर्यटन वर्षलाई लक्षित गरी केही महिनाअघि जिल्ला विकास समितिले पर्यटन सूचना केन्द्रको स्थापना गरेपछि केन्द्रलाई व्यवस्थित गर्न सबैको चासो बढेको हो । ुसूचना केन्द्रमा यहाँका सबै संस्कृति तथा पर्यटनसम्बनधी सामग्री राखिएका छन् जसले जहाँको बारे जान्न चाहन्छजानकारी लिन सक्छु स्थानीय विकास अधिकारी तथा पर्यटन सूचना केन्द्रका संयोजक सूर्यकान्त झाले भन्नुभयो । । सूचना केन्द्रमा दाङलगायत राप्ती अाचलका सबै पर्यटकीय क्षेत्रको जानकारी राखिएको छ । पर्यटकहरुलाई २४ सैँ घण्टा सेवा दिने उद्देश्यले सूचना केन्द्रको जिम्मा होटल मधुवनले पाएको छ । केन्द्रमा कम्प्युटर नेटब्रोसर बुकलेट पर्यटनसम्बन्धी किताब र साइनबोर्ड राखिएको झाले बताउनुभयो । सूचना केन्द्र व्यवस्थित गर्ने जिम्मा पाएको होटल मधुवनले जिल्लाका होटलमा आउने सबै पर्यटकको तंक्याक संकलन गर्न मासिक रिपोर्ट जिल्ला विकास समितिलाई उपलब्ध गराउने आन्तरिक तथा बाह्य पर्यटकलाई २४ सै घण्टा पर्यटनसम्बन्धी सेवा दिने गर्दछ । यसअघि जिल्ला विकास समितिले विभिन्न ८ वटा प्रसिद्व संस्कृति तथा पर्यटन क्षेत्रको विकासका लागि गुरुयोजना बनाइसकेको छ ।
– देविका घर्तीमगर
Read More ...

भारतसँग झुकेर होइन कुटनीतिक पहलबाट समस्याको समाधान गर्नुपर्छ (जनताको विचार)

8:01 AM
भारतले दुई सातोदखि अघोषित रुपमा लगाउँदै आएको नाकाबन्दीको असर मुलुकभर परेको छ । भारतले सीमा नाकामा कडाइ गरेसँगै नेपाल भित्रने मालबहाक ट्रक तथा पेट्रोलियम पदार्थ बोकेका सयौं सवारीसाधन भारतीय सीमामा अलपत्र परेका छन् ।
नेपालमा जारी भएको संविधानप्रति असहमति जनाउँदै भारतले नाकाबन्दी गरेर कुटनीतिक मर्यादा उल्लंघन गरेको भन्दै भारत सरकारको चर्को विरोध हुँदै आएको छ । यसै क्रममा काठमाण्डुका सर्वसाधारणको प्रतिक्रिया ।
1
प्रा.डा. इन्दु आचार्य काठमाण्डु– नेपालको युद्ध गर्ने सामथ्य छैन भन्ने बुझेर नै भारतले नाकाबन्दी गरेको हो । भारतले हामीलाई झुकाएर दमन गर्न खोजेको छ, कुनै पनि हालतम नेपालले घुडा टेक्नु हुन्न । भारतले हामीलाई कम्जोर भनेर हेपेको हो, भारत आफैं झुकेर आउनु पर्छ । हामीले चिनतिरको नाका खोलेर पनि भारतको हेपाइको बिरोध गर्नुपर्छ । मधेशी जनताको सवालमा उनीहरुलाई अरु नै कसैले उचालिरहेका छन् जो भारतबाट आएका हुन् । अब प्रमुख दलका नेताहरु मधेसी जनतामा गएर त्यो भ्रम चिर्नु आवश्यक छ ।
2
हरिबहादुर क्षेत्री, काभ्रे–भारतको यो ज्यादतीमा नेपालले घुडा टेक्नु हुँदैन । हामीले बैकल्पिक र कुटनीतिक माध्यमबाट यो समस्या समाधान गर्नुपर्छ । हामीले बनाएको संविधान हाम्रो आफ्नै स्वतन्त्र संविधान हो । यसमा भारतलाई मनाउन जरुरी छैन ।
3
विद्या ढकाल, तनहुँ – भारत कुटनीतिक मामिलामा चुकेको छ । भारत मित्रराष्ट्र भएकाले हाम्रो हक छिन्न पाउँदैन । भारतले आफ्नो रवैया सच्याएर वार्ता गर्न आउनुपर्छ । केही समयका लागि भने चिनसँग पनि सहकार्य गरेर तत्कालको समस्या टार्न सक्छौं ।
4

राम औतार यादव, सिराहा– भारतको यो कदम नेपालको हितमा छैन । यो एउटा असल छिमेकीले गर्ने मित्रगत व्यवहार होइन ।
हाम्रो नयाँ सबिधानको धारा ४२ मा समानुपातिक भन्ने शब्द छुटेको छ त्यसलाई सच्याउनु पर्छ मधेसी जनताले राखेको माग तत्कालै समाधान गर्न सकिन्छ । त्यसकारण हामी भारतसँग झुकेर हैन आफ्नो हकको लागि कुटनीतिक वार्ता गरेर समस्याको हलखोज्नुपर्छ । नेपालका व्यापारी र भारतका व्यापारीले मिलेर नाका खोल्न पहल गर्नुपर्छ ।
5
तुलसा दाहाल, काठमाण्डु – नेपालप्रति भारतले गरेको व्यहार निन्दनिय छ । नेपालको सम्बन्ध अरु देशसँग पनि छ तर नजिकको असल छिमेकी हुँ भन्ने भारतले देखाएको यो व्यहार जति भत्र्सना गरेपनि पुग्दैन । भारतले नाका खोल्नुपर्छ, त्यसका लागि वार्ताको विकल्प छैन । अब नेपालले भारतको यो व्यहारबाट पाठ सिकेर उत्तरी छिमेकी देश चिनसँगका नाकाहरु पनि क्रमश खोल्दै जानुपर्छ ।
6
हेमा डाँगी, काठमाण्डु– यो नाकाबन्द अघोषित हो जसलाई राज्यले चाँडा.े समाधान गर्नु पर्छ । यो मधेसवादी दलहरुले गरेको आन्दोलका कारण पनि नाकाबन्दी भएको हो । वार्ताबाट समस्याको समधान गनृ सरकार र दलहरुले बिलम्ब गर्नु हुँदैन ।
- See more at: http://kathmandutoday.com/2015/09/138790.html#sthash.6MmbdVxb.dpuf
Read More ...

रुकुममा उच्च सुरक्षा शतर्कता अपनाइने

7:19 AM


दीपकसंगम थापा
रुकुम, असोज २६ । रुकुममा उच्च सुरक्षा सतर्कता अपनाइने भएको छ । नजिकिदै गरेको दसँैतिहार र मेलापर्वहरुमा गलत क्रियाकलाप बढ्न नदिन यस्तो सतर्कता अपनाइने भएको हो ।

आइतबार जिल्ला प्रहरी कार्यालय रुकुमले सदरमुकाम खलंगामा गरेको बडादसैँ, तिहार र छटपर्वको अवसरमा आयोजित शुभकामना एवं अन्तरक्रिया कार्यक्रममा यस्तो बताइएको हो । दसँैतिहार पर्वमा सबै बिदामा बस्ने र रमाइलो गर्ने नाममा उछृंखल कार्यहरु पनि हुने भएकाले यस्तो हुन नदिन उच्च सतर्कता अपनाइने जानकारी गराइएको छ । उक्त  अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले अरु समय भन्दा दसँै तिहारमा बढी लफडा हुने भएकाले आफूहरु चनाखो र सतर्क भएको बताउनुभयो । जिल्लाका सबै क्षेत्रमा शान्ति सुरक्षा कायम गर्नका लागि आफूहरु लागिपरेको प्रमुख जिल्ला अधिकार सिलवालले बताउनुभयो । त्यस्तै प्रहरी नायव उपरिक्षक गोविन्द थपलियाले जिल्लाको शान्ति सुरक्षा कायम गर्न प्रहरीले मात्र नभई सबै नागरिक र राजनैतिक दलहरुले पनि सहयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले जिल्लाका सबै ईलाका र युनिटहरुमा शान्ति सुरक्षाका लागि खबर पुगिसकेको बताउनुभयो ।

त्यस्तै पछिल्लो पटक विदेशबाट धन कमाएर आउनेहरुलाई गाडीमा लुट्ने, जुवातास खेल्ने, जाँडरक्सी खाएर होहल्ला गर्ने, कुटपिट गर्ने, झैझगडा गर्ने जस्तो क्रियाकलापहरु हुनसक्ने भएकाले सुरक्षामा उच्च सतर्कता अपनाइने भएको हो । त्यतिमात्र होइन बजारमा कालो बजारी नगर्न, होहल्ला नगर्न, जुवातास नखेल्न जिल्ला प्रशासन कार्यालय रुकुम र जिल्ला प्रहरी कार्यालय रुकुमले सबैमा अनुरोध गरिएको छ ।

उक्त कार्यक्रममा नेपाली काँग्रेसका सहसचिव भिमबहादुर खड्का, नेकपा एमालेका सचिव हरिप्रसाद शर्मा, एमाओवादीका जिल्ला सदस्य धनवीर ओली, उद्योग वाणिज्य संघ रुकुमका अध्यक्ष टेकबहादुर पुन, नेपाल पत्रकार महासंघका अध्यक्ष गणेश विक, प्रेस चौतारी नेपाल रुकुमका अध्यक्ष दीपकसंगम थापालगायतले सुझाव व्यक्त गर्नुभएको थियो ।
Read More ...

करेन्ट लागेर दाङमा एक जनाको मृत्यु

7:19 AM


दाङ, असोज २८ ।
दाङमा करेन्ट लागेर आज एकजनाको मृत्यु भएको छ । बिजुलीको पोलमा चढेर बिजुली मर्मत गर्ने क्रममा करेन्ट लागेर रामपुर–६ बुकाका ४४ वर्षिय केशव पोख्रेलको मृत्यु भएको हो ।

प्राविधिकको काम गर्दै आएका पोख्रेललाई आज बिहान बुकामा बिजुली मर्मत गर्दै गर्दा करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका पोख्रेलको राप्ती उपक्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
Read More ...

Contact Form

Name

Email *

Message *

ताजा अपडेट >>