इन्द्रेणी अनलाइन

ads

Friday, October 16, 2015

चिठ्ठामार्फत् २ हजार ३ सय क्युफिट काठ बाडियो

This Article Was Live On: Friday, October 16, 2015 At 7:17 AM And Till Now HaveNo comments. ads


सन्तोष खनाल
देउखुरी असोज २६ । सामुदायिक वनका उपभोक्ताले माग गरेबमोजिम काठ उपलब्ध गराउन नसकेपछि वन समूहले चिठ्ठामार्फत् दामासयी काठ बितरण गरेको छ । देउखुरीमा मदपुर नसहवा सामुदायिक वनका उपभोक्ता समूहले साल, सिसौं, कर्मालगायतका काठ दामसयीरुपमा उपभोक्तालाई बाँडेको हो ।

मदपुर नसहवा सामुदायिक वन उपभोक्ता समितिले साढे ३ वर्षपछि ४ सय ९८ उपभोक्तालाई २ हजार ३ सय क्युफिट काठ बितरण गरेको समितिले जनाएको छ । उपभोक्ताले दिएको निवेदनमा माग रिएको काठ उपलब्ध गराउन नसकेर दामासयी रुपमा साल, सिसौं, कर्मालगायत जातका काठ बितरण गरिएको सामुदायिक वनले जानकारी दिएको छ ।

त्यस्तै २ सय निबेदन परेकोमा ३८ लाई मात्रै जर्ना अर्थात् दाउरा चिठ्ठाबाट बिँडीएको बताइएको छ । मदपुर नसहवा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मोहन चौधरी र सचिव हुकुमराज यादवको नेतृत्वमा काठ बितरण गरिएको थियो । ‘हामीले पुरानो घाडगद्दी गरेको र नयाँ गरेर २३ सय क्युफिट काठ उपभोक्तालाई बाँडेको हौं’ सामुदायिक वनका सचिव हुकुम यादवले भन्नुभयो, ‘निवेदनका आधारमा बाँड्न नसकेर चिठ्ठा थुताएका हौं ।’

देउखुरीको मदपुर नसहवा सामुदायिक वनले स्थापना भएदेखिनै उपभोक्तामा मात्रै काठ दिँंदै आएको छ । अझैसम्म उपभोक्तालाई मात्रै दिंदै आएको र बाहिर नबेचिएको वनका पूर्व सचिव शिवराज पन्थीले जानकारी दिनुभयो ।

तपाइलाइ मन पर्यो ? सेयर गर्नुहोस्...


थप सम्बन्धित समाचार


No comments :


Speak Your Mind:



Contact Form

Name

Email *

Message *