इन्द्रेणी अनलाइन

ads

Friday, October 16, 2015

दाङमा २० हजार लिटर पेट्रोल आइपुग्यो

This Article Was Live On: Friday, October 16, 2015 At 7:16 AM And Till Now HaveNo comments. ads
(तुलसीपुरमा बितरण सुरु घोराहीमा केहीबेरमै बितरण सुरु हुने)




ओपेन्द्र बस्नेत
दाङ असोज २९ / दाङमा भरखरै पेट्रोल आइपुगेको छ । १० दिनपछि केहीबेर अघिघोराही र तुलसीपुरमा गरी २० हजार लिटर पेट्रोल आइपुगेको  नेपाल आयल निगम इन्धन डिपो कार्यालय तुलसीपुरले जनाएको छ ।

कार्यालय प्रमुख सुजित पोख्रेलका अनुसार घोराहीका ३ वटा र तुलसीपुरका २ वटा पम्पमा पेट्रोल झारिसकिएको छ । पोख्रेलले घोराहीका अरुणोदय, के.एच.एम. टेडर्स र पुर्कोटे पेट्रोल पम्पमा ४/४ हजारका दरले १२ हजार लिटर र तुलसीपुरका राप्ती र सञ्जात पेट्रोल पम्पबाट ४/४ हजारका दरले ८ हजार लिटर पेट्रोल बितरण गरिएको जानकारी दिनुभयो ।

दैनिक १० हजार लिटर पेट्रोल खपत हुँदै आएको दाङमा १० दिनपछि  २० हजार लिटर मात्रै पेट्रोल आएपछि झनै चरम अभाव देखिने भएको छ । त्यसैगरी ४० हजार लिटर डिजेल पनि आजै दाङ आउँदै छ । हिजो आज दिनहुँजसो दाङ विभिन्न पम्पहरुमा हजारौं सवारीसाधनहरु तेलको प्रतिक्षामा लाइनमा बसेको देख्न सकिन्छ ।

यसैबीच पेट्रोल आउने खबर प्राप्त भएपछि आज बिहान ५ वजेदेखि घोराही र तुलसीपुरका पेट्रोलपम्पमा मोटर साइकल र कारको ठूलै लाइन देखिन्छ । पेट्रोल पम्प अगाडि लागेको लाइन बाक्लिदै जाँदा आवतजावतमा समस्या देखिएको छ ।  यता प्रतिमोटरसाइकिल ५ सय बराबरको पेट्रोल बाँड्न सुरु गरिएको जनाइएको छ ।

तपाइलाइ मन पर्यो ? सेयर गर्नुहोस्...


थप सम्बन्धित समाचार


No comments :


Speak Your Mind:



Contact Form

Name

Email *

Message *