दाङ ३ पुष, पर्यटन वर्ष सन् २०११ नजिकिदैँ गर्दा जिल्लामा सकि्रयता
बढ्न थालेको छ । जिल्लाका विभिन्न स्थानमा पर्यटनसम्बन्धी कार्यक्रमहरु हुन
थालेका छन् ।
पर्यटन वर्षलाई लक्षित गरी जिल्ला विकास समितिले झण्डै सवा करोडको योजना बनाएको छ । त्यस्तै १८ औँ जिल्ला परिषद्ले छुट्याएको ३२ लाख योजनाको बजेट पनि पर्यटन वर्ष सन् २०११ लक्षित गरी खर्च गरिएको जिल्ला विकास समितिले जनाएको छ । जिल्ला विकास समिति दाङले पर्यटन वर्षलाई लक्षित गरी जिल्लाका विभिन्न स्थानमा महोत्सव गर्ने कार्यलाई व्यापकता दिएको छ ।
जिविसले महोत्सवको तयारीका लागि स्थान र मिति तोकेको छ । पुष २९ देखि माघ १ गतेसम्म देउखुरी पर्यटन महोत्सव रिहारमाराप्ती पर्यटन महोत्सव फागुन ७ गतेदेखि १७ गतेसम्म घोराहीमा गर्ने पर्वतीय पर्यटन महोत्सव बोझपोखरामा गर्ने योजना बनाएको पर्यटन समितिका सदस्य सचिव डा। गोविन्द आचार्यले बताउनुभयो । उहाँका अनुसार महोत्सव सफल बनाउन रिहारमा मे_िक्सङ मछाइको संयोजकत्वमा घोराहीमा अमरबहादुर डागीको संयोजकत्वमा र बोझपोखरा स्यूजामा इश्वरीप्रसाद पाण्डेयको संयोजकत्वमा समिति तथा उपसमिति बनेका छन् ।
त्यस्तै डोलनाथ योगीको संयोजकत्वमा भगवन्तनाथ संरक्षण समिति श्रीगाउँ र तुलसीपुरमा पनि महोत्वस गर्ने तयारी सुरु भएको र आवश्यक गृहकार्य भइरहेको उहाँले जानकारी दिनुभयो । ुसमिति तथा उपसमितिले महोत्वसका लागि आवश्यक गृहकार्य गर्नेछन् आर्थिक संकलनलगायत अन्य काम पनि गर्नेछन् उहाँले भन्नुभयो ।
जिल्ला विकास समितिले दिएको जानकारीअनुसार पर्यटन वर्ष सन्् २०११ लाई सफल बनाउन दुईदर्जनबढी योजना बनेका छन् । सरकारले सन् २०११ लाई पर्यटन वर्ष मनाउने निर्णय गरेपछि जिल्लामा पर्यटनसम्बन्धी गतिविधि बढाउन योजना निर्माणलाई प्राथमिकता दिइएको हो । पर्यटन वर्षमा अनुसन्धानमूलक महोत्सव तथा प्रदशर्नी प्रचारप्रसार कार्यक्रम एवं निर्माण कार्यलाई प्राथमिकता दिने गरेको जिल्ला विकास समिति दाङले बताएको छ ।
यसवर्ष दाङमा पर्यटन वर्ष को लागि ९४ लाखको बजेट तोकिएको छ । हालसम्म पाँच लाखको बजेट आएको र थप बजेटका लागि अधिकांश सभासद् मन्त्रालय केन्द्रीय सचिवालयमा दाङको टोली डेलिगेसन गएको समितिका सदस्य सचिव डा। आचार्यले बताउनुभयो । उहाँका अनुसार आर्थिक संकलन गर्नका लागि दाङ उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रराज पन्त सदस्य सचिव रहेको अर्थ संकलन उपसमति निर्माण गरिएको छ । उपसमितिले विभिन्न संघसंस्था सरोकारवालाहरुबाट आर्थिक संकलन गर्ने छ ।
पर्यटन वर्ष सफल बनाउनका लागि सबै गाविसले २५÷२५ हजार दिनुपर्ने घोराही तथा तुलसीपुर दुवैै नगरपालिकाले १०÷१० हजार रकम दिनुपर्ने सहमति भएको आचार्यले बताउनुभयो । त्यस्तै विभिन्न १५÷१६ वटा गैरसरकारी संस्थाहरुले पार्टनरशिप तथा एक्लै पर्यटनसम्बन्धी गतिविधिहरु साचालन गर्न सक्ने बताइएको छ । ुलक्ष्यजती पैसा जम्मा हुनसक्छ पर्यटन वर्ष राम्रोसँग मनाउन सक्छौँु आचार्यले भन्नुभयो ।
जिल्ला विकास समिति दाङले दिएको जानकारी अनुसार दंगीशरण दरवार क्षेत्र सुकौरामा थारु संग्राहलय निर्माण पर्यटकीय सम्पदाको खोजी एवं अनुसन्धान पर्यटकीय सम्पदाहरुको प्रकाशन चमेरे गुफामा बाटो र पिकनिक स्पट निर्माण पुरन्धारा छहरा संरक्षण सिद्वगोरक्षरत्ननाथको जिर्णाेद्वार मन्दिर निर्मण गर्ने लक्ष्य लिएको छ । त्यस्तै स्यूजा बागेश्वरी मन्दिरमा बाटो निर्माण तथा क्षेत्र विकास मन्ठोर् याको जिर्णोद्वार मन्दिर निर्माण रामजानकी मन्दिर कोइलावास जीर्णेद्वार निर्माण तथा मर्मत छिल्लीकोटमा विद्युत विस्तार र क्षेत्र विकास पतखौली र ड्वाङपुरको ताल संरक्षण बाह्रकुने दहमा पिकनिक स्पट निर्माण र दह मौलाकोट केबुलकार संभाव्यता अध्ययन बागर रिहार क्षेत्रमा पिकनिक स्पट निर्माण गर्ने योजना रहेको जिल्ला विकास समिति दाङले जनाएको छ । त्यस्तै टुनापानी रानीवन क्षेत्र चक्रपथ निर्माण ऐरावती भालुवाङ राप्ती नदीमा र् याफ्याटिङ साचालन मजगाउँ नमूना थारु संग्राम ठाँठी निर्माण सिसहनियाँ नमूना थारुग्रामको व्यवस्थापन र कुवा निर्माण किचेनी दह संरक्षण भगवन्तनाथ मन्दिर संरक्षण तुलसीपुर नगरपालिकामा अमृतपुर विश्राम पार्क निर्माण बाघनाघ बाबा कुटीक्षेत्र विकास संरक्षण राप्ती शान्ति उद्यान तुलसीपुर निर्माण पाण्डवेश्वर मन्दिर पिकनिक स्पट निर्माण सुन्दरादेवी मन्दिर संरक्षण गडीछेरा किल्ला संरक्षण गर्ने योजना बनेको डा। गोविन्द आचार्यले बताउनुभयो । त्यस्तै जिल्ला विकास समितिको १८ औँ जिल्ला परिषद्ले संस्कृति तथा पर्यटनको विकासका लागि केन्द्रका विभिन्न मन्त्रालयहरुमा रकम माग गर्ने योजना पास गरेको छ । विभिन्न ताल पार्क निर्माण लगायत ११ वटा पर्यटनसम्बन्धी विकासका लागि करोडौँको योजना पर्यटन तथा नागरिक उड्यान मन्त्रालयमा माग गर्ने १० वटा मन्दिरको भौतिक निर्माणका लागि संघीय मामिला संविधानसभा संसदीय व्यवस्था तथा संस्कृति मन्त्रालयमा माग गर्ने भौतिक निर्माणका लागि आवास तथा भौतिक योजना मन्त्रालयमा माग गर्ने लगायतका माग गर्ने निर्णय परिषद्ले गरेको थियो । त्यस्तै स्वर्गद्वारी मन्दिरमा जाने पर्यटकका लागि घोराही६ मसिनामा धार्मिक एवं पर्यटकीय अतिथिगृह धर्मशाला निर्माण पूरा गर्न सम्बन्धित निकायसँग अनुरोध गर्ने निर्णय गरेको थियो । पर्यटनक्षेत्रको विकासका लागि छुट्टयाइएका योजनाहरु झण्डैै ९० प्रतिशत भौतिक निर्माणसँग जोडिएको बताइएको छ । यसैबीच जिल्ला विकास समितिले पर्यटन सम्भावित क्षेत्रको अध्ययनकालागि संस्कृतविद् डा। शिवकुमार सुवेदीको संयोजकत्वमा पर्यटन अध्ययन समिति बनेको थियो । सुवेदीको संयोजकत्वमा गठन भएको समितिको तीन टोलीले दाङको पश्चिम क्षेत्र घोराही क्षेत्र र देउखुरीक्षेत्रमा अध्ययन गरेको थियो । अध्ययन टोलीले तयार पारेको प्रतिवेदन जिल्ला विकास समितिमा एकहप्ताभित्र प्रस्तुत हुने छ र सम्पादनपश्चात जिविसले प्रकाशन गर्नेछ ।
सुकौरामा थारु संग्रहालय यसैगरी जिल्ला विकास समिति दाङले सुकौरामा थारु संग्राहालय निर्माण गर्ने भएको छ । संग्रहालय निर्माणका लागि १० लाख रकम संस्कृत मन्त्रालयबाट र १३ लाख रकम जिल्ला विकास समितिले खर्च गर्ने भएका छन् । संगहालय निर्माणका लागि जनक चौधरीको संयोजकत्वमा संग्रहालय निर्माण समिति पनि बनाइएको जिल्ला विकास समिति दाङले जनाएको छ । ुपर्यटन वर्षलाई लक्षित गरी यहाँको थारु संस्कृति झल्काउने उद्देश्यले संग्राहालय बनाउने योजनामा छौँ दुर्तगतीमा काम अगाडि बढीरहेको छ । भौतिक निर्माण र योजना निर्माणका काम भइरहेका छन्ु आचार्यले बन्नुभयो । सो क्षेत्रमा चारविगाहा जग्गा छ । केही दिनअघि मात्र संस्कृति मन्त्री डा। मिनेन्द्र रिजालले संग्रहालयको सिलान्यास गरिसक्नुभएको छ । संग्रहालयमा केके राख्ने भन्ने तयारी भइरको उहाँको भनाइ छ । त्यस्तैै पर्यटन वर्षलाई नै लक्षित कृषि मन्त्रालय र काठमाडौँको ताराताल गाविसको संयुक्त आयोजनामा सिसहनियाँमा नमूना थारु ग्राम निर्माण हुदैँछ । ुअसोजमा सम्भावित कार्य सकियो मंसिरको १५ देखि त्यहा माछापालन सुरु हुनेछु उहाँले भन्नुभयो ।
सूचना केन्द्र व्यवथित गर्न चासो
यसैबीच पर्यटन वर्ष सन् २०११ लाई लक्षित गरी पर्यटन सूचना केन्द्रलाई व्यवस्थित गरिने भएको छ । पर्यटन वर्षलाई लक्षित गरी केही महिनाअघि जिल्ला विकास समितिले पर्यटन सूचना केन्द्रको स्थापना गरेपछि केन्द्रलाई व्यवस्थित गर्न सबैको चासो बढेको हो । ुसूचना केन्द्रमा यहाँका सबै संस्कृति तथा पर्यटनसम्बनधी सामग्री राखिएका छन् जसले जहाँको बारे जान्न चाहन्छजानकारी लिन सक्छु स्थानीय विकास अधिकारी तथा पर्यटन सूचना केन्द्रका संयोजक सूर्यकान्त झाले भन्नुभयो । । सूचना केन्द्रमा दाङलगायत राप्ती अाचलका सबै पर्यटकीय क्षेत्रको जानकारी राखिएको छ । पर्यटकहरुलाई २४ सैँ घण्टा सेवा दिने उद्देश्यले सूचना केन्द्रको जिम्मा होटल मधुवनले पाएको छ । केन्द्रमा कम्प्युटर नेटब्रोसर बुकलेट पर्यटनसम्बन्धी किताब र साइनबोर्ड राखिएको झाले बताउनुभयो । सूचना केन्द्र व्यवस्थित गर्ने जिम्मा पाएको होटल मधुवनले जिल्लाका होटलमा आउने सबै पर्यटकको तंक्याक संकलन गर्न मासिक रिपोर्ट जिल्ला विकास समितिलाई उपलब्ध गराउने आन्तरिक तथा बाह्य पर्यटकलाई २४ सै घण्टा पर्यटनसम्बन्धी सेवा दिने गर्दछ । यसअघि जिल्ला विकास समितिले विभिन्न ८ वटा प्रसिद्व संस्कृति तथा पर्यटन क्षेत्रको विकासका लागि गुरुयोजना बनाइसकेको छ ।
– देविका घर्तीमगर

No comments :
Speak Your Mind: