इन्द्रेणी अनलाइन

ads

Friday, October 16, 2015

आझेलमा पिपरीको शिव मन्दिर

This Article Was Live On: Friday, October 16, 2015 At 8:07 AM And Till Now HaveNo comments. ads
mandirसिसहनिया/ सिसहनियाँ–४ पिपरीको शिव मन्दिर संरक्षणको पर्खाइमा छ । मन्दिरको उचित संरक्षण नहुँदा अहिले मन्दिर जीर्ण अवस्थामा छ ।

आजभन्दा ७३ वर्ष पहिले अर्थात वि.सं. १९९९ मा निर्माण भएको शिव मन्दिरको संरक्षण हुन नसक्दा अहिले मन्दिरको भित्ता तथा गजुरमा घाँसपात उम्रिनुका साथै पिपल र सिसौको विरुवा समेत उम्रिएको छ । गाउँका स्थानीय रामप्रसाद चौधरीका कान्छा हजुरवुवा स्वः पटवारी जगतराम चौधरीले आफ्नै लगानीमा गाउँको बीच भागमा शिवको मन्दिर निर्माण गरेका थिए । सुरखी सिस्टमबाट बनेको मन्दिरको आफ्नै विशेषता छ । मनमा शान्ति र पाप नष्ट हुने जनविश्वास रही आएको मन्दिरभित्र शिवको मूर्ति सँगै पार्वती, गणेशको मूर्ति समेत छ ।

मन्दिर निर्माण पछि केही वर्षसम्म पटवारी परिवारले रेखदेख गरे तापनि पछिल्लो समययता पटवारी परिवार छुटिएर बसाई–सराई गरी अन्य ठाउँमा गएपछि मन्दिरको संरक्षणमा कसैले ध्यान नदिँदा अहिले मन्दिरमा झारपात उम्रेको र मन्दिर नै जीर्ण भएको स्थानीय रामप्रसाद चौधरीले बताए ।

मन्दिरमा नियमित माघीमा मेला लाग्ने गरेको छ तर मर्मत सम्भार भने हुन सकेको छैन । उता, गाविस तथा सम्बन्धित निकायले शिव मन्दिर सार्वजनिक जग्गामा नरहेकाले सहयोग गर्न नसकिएको जनाएको छ । तर गाउँलेहरुले भने धार्मिक क्षेत्रजस्तो क्षेत्रमा सहयोग हुनुपर्ने बताएका छन् । त्यसैगरेर सोही गाउँको सडक छेउमा रहेको राधाकृष्णा मन्दिर त्यसैगरी सिसहनियाँ–५ कालापानीस्थित खौराह मन्दिर पनि संरक्षणको अभावमा ओझेलमा परेका छन् । देउखुरी क्षेत्रमा धुप्रै धार्मिक तथा पर्यटकीय स्थलहरु भए पनि जिल्ला स्तरबाटै त्यसको पहल नहुनु दुखको कुरा भएको सिसहनियाँ ५ कालापानीका जयप्रकाश चौधरीले बताए ।

लमही र भालुवाङको केन्द्रविन्दुको रुपमा समेत चिनिने सिसहनियाँमा थुप्रै धार्मिक तथा पर्यटकीय स्थल हुँदा पनि अहिलेसम्म कुनै पनि क्षेत्र दाङ पर्यटन बोर्डमा नपरेको स्थानीयहरु बताउँछन् ।

तपाइलाइ मन पर्यो ? सेयर गर्नुहोस्...


थप सम्बन्धित समाचार


No comments :


Speak Your Mind:



Contact Form

Name

Email *

Message *