इन्द्रेणी अनलाइन

ads

Friday, October 16, 2015

पूर्व मन्त्री पोख्रेलले दाङमा के गर्दैछन् ? हेर्नुहोस्

This Article Was Live On: Friday, October 16, 2015 At 7:18 AM And Till Now HaveNo comments. ads
दाङ असोज २७ । नेपाल सरकारका पूर्व सूचना तथा सञ्चार मन्त्री एवं नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोख्रेल आज दाङ आउँदै हुनुहुन्छ । आज दिउँशो १२ वजे दाङ आइपुग्ने पोख्रेलले तीन दिनसम्म जिल्लाका विभिन्न कार्यक्रममा सहभागिता जनाउने एमालेले जनाएको छ ।

पोख्रेलले आज दिउँशो १ वजे नेकपा एमाले राप्ती अञ्चल भेलालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ । एमाले राप्ती अञ्चल पार्टी कार्यालय तुलसीपुरमा आयोजना हुने कार्यक्रममा राप्तीका अगुवा कार्यकर्ताहरुलाई वर्तमानमा एमालेको भूमिकाको बारेमा जानकारी गराउँदै कार्यकर्ताहरुले गर्नुपर्ने कामका बारेमा निर्देशन दिनुहुनेछ । त्यस्तै भोलि बिहान घोराहीमा प्रेस चौतारी नेपाल दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी हुने पोख्रेलले दिउँशो एमाले डुरुवाको गाउँपार्टी अधिवेशनको उद्घाटन गर्नुहुनेछ ।

त्यस्तै पर्सि शुक्रबार बिहान लमहीमा अगुवा कार्यकर्तासँग भेटघाट गरी प्रेस चौतारी नेपाल दाङले तुलसीपुरमा आयोजना गरेको दशैंमिलन कार्यक्रममा पोख्रेलले सहभागिता जनाउने एमाले दाङका प्रचार विभाग प्रमुख श्याम डाँगीले जानकारी दिनुभयो ।  

तपाइलाइ मन पर्यो ? सेयर गर्नुहोस्...


थप सम्बन्धित समाचार


No comments :


Speak Your Mind:



Contact Form

Name

Email *

Message *