इन्द्रेणी अनलाइन

ads

Friday, October 16, 2015

रुकुममा उच्च सुरक्षा शतर्कता अपनाइने

This Article Was Live On: Friday, October 16, 2015 At 7:19 AM And Till Now HaveNo comments. ads


दीपकसंगम थापा
रुकुम, असोज २६ । रुकुममा उच्च सुरक्षा सतर्कता अपनाइने भएको छ । नजिकिदै गरेको दसँैतिहार र मेलापर्वहरुमा गलत क्रियाकलाप बढ्न नदिन यस्तो सतर्कता अपनाइने भएको हो ।

आइतबार जिल्ला प्रहरी कार्यालय रुकुमले सदरमुकाम खलंगामा गरेको बडादसैँ, तिहार र छटपर्वको अवसरमा आयोजित शुभकामना एवं अन्तरक्रिया कार्यक्रममा यस्तो बताइएको हो । दसँैतिहार पर्वमा सबै बिदामा बस्ने र रमाइलो गर्ने नाममा उछृंखल कार्यहरु पनि हुने भएकाले यस्तो हुन नदिन उच्च सतर्कता अपनाइने जानकारी गराइएको छ । उक्त  अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले अरु समय भन्दा दसँै तिहारमा बढी लफडा हुने भएकाले आफूहरु चनाखो र सतर्क भएको बताउनुभयो । जिल्लाका सबै क्षेत्रमा शान्ति सुरक्षा कायम गर्नका लागि आफूहरु लागिपरेको प्रमुख जिल्ला अधिकार सिलवालले बताउनुभयो । त्यस्तै प्रहरी नायव उपरिक्षक गोविन्द थपलियाले जिल्लाको शान्ति सुरक्षा कायम गर्न प्रहरीले मात्र नभई सबै नागरिक र राजनैतिक दलहरुले पनि सहयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले जिल्लाका सबै ईलाका र युनिटहरुमा शान्ति सुरक्षाका लागि खबर पुगिसकेको बताउनुभयो ।

त्यस्तै पछिल्लो पटक विदेशबाट धन कमाएर आउनेहरुलाई गाडीमा लुट्ने, जुवातास खेल्ने, जाँडरक्सी खाएर होहल्ला गर्ने, कुटपिट गर्ने, झैझगडा गर्ने जस्तो क्रियाकलापहरु हुनसक्ने भएकाले सुरक्षामा उच्च सतर्कता अपनाइने भएको हो । त्यतिमात्र होइन बजारमा कालो बजारी नगर्न, होहल्ला नगर्न, जुवातास नखेल्न जिल्ला प्रशासन कार्यालय रुकुम र जिल्ला प्रहरी कार्यालय रुकुमले सबैमा अनुरोध गरिएको छ ।

उक्त कार्यक्रममा नेपाली काँग्रेसका सहसचिव भिमबहादुर खड्का, नेकपा एमालेका सचिव हरिप्रसाद शर्मा, एमाओवादीका जिल्ला सदस्य धनवीर ओली, उद्योग वाणिज्य संघ रुकुमका अध्यक्ष टेकबहादुर पुन, नेपाल पत्रकार महासंघका अध्यक्ष गणेश विक, प्रेस चौतारी नेपाल रुकुमका अध्यक्ष दीपकसंगम थापालगायतले सुझाव व्यक्त गर्नुभएको थियो ।

तपाइलाइ मन पर्यो ? सेयर गर्नुहोस्...


थप सम्बन्धित समाचार


No comments :


Speak Your Mind:



Contact Form

Name

Email *

Message *